इनड्राइभ नेपालको ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन : दशैं-तिहारमा चालकलाई अवसर

काठमाडौं : इनड्राइभले दशैं-तिहारलाई लक्षित गर्दै नेपालमा ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन सुरु गरेको छ। अघिल्लो संस्करणमा उल्लेखनीय सफलता र उत्साहजनक प्रतिक्रिया पाएपछि यसपटक अभियानलाई अझ परिष्कृत रूप दिँदै सुरु गरिएको हो।
इनड्राइभले आफ्ना ड्राइभर पार्टनरहरूको मेहनत र समर्पणलाई विशेष सम्मान र पहिचान गर्ने उद्देश्यसहित ल्याइएको यस अभियानमा चालकहरूले नयाँ टाटा एक्सप्रेस ईभी कार, टिभीएस रेइडर मोटरसाइकल र प्रिमियम हाइ-इण्ड ग्याजेट्स जस्ता आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन्।
क्याम्पेन दुई चरणमा सञ्चालन हुनेछ। पहिलो चरण भाद्र ९ देखि १५ (अगस्ट २५ देखि ३१) र दोस्रो चरण भाद्र १६ देखि असोज ५ (सेप्टेम्बर १ देखि २१) सम्म चल्नेछ। यी अवधिमा प्लेटिनम स्ट्याटस कायम गर्ने चालकहरू साप्ताहिक पुरस्कारका लागि योग्य हुनेछन् भने दुवै चरणमा निरन्तर प्लेटिनम स्ट्याटस कायम गर्ने ड्राइभरहरू ग्रान्ड प्राइजको लागि प्रतिस्पर्धी बन्नेछन्। चालकले जित्ने सम्भावना उनीहरूले पुरा गर्ने राइडको संख्यासँगै बढ्नेछ।
इनड्राइभ नेपालकी वरिष्ठ ड्राइभर अपरेसन म्यानेजर सुनिता जिमी राईले क्याम्पेनबारे उत्साह व्यक्त गर्दै भनिन्, ‘हामीले वाचा गरेअनुसार ठूलो र अझ राम्रो अभियान ल्याएका छौं। हाम्रो इनड्राइभ परिवारको केन्द्रमा चालकहरू नै छन्, त्यसैले उनीहरूको कडा परिश्रमलाई सम्मान गर्न हामी कहिल्यै चुक्दैनौं । दशैं र तिहारलाई अझ उत्सवमय बनाउन हामीले यो मेगा गिभअवे ल्याएका हौं। अविश्वसनीय गिफ्ट ह्याम्पर जित्ने अवसरका लागि अहिले नै राइड सुरु गर्नुस्।’
इनड्राइभको यस पहलले नेपाली चालक समुदायलाई चाडपर्वको अवसरमा सम्मानित गर्ने मात्र होइन, उनीहरूको पेशाप्रतिको उत्साहलाई अझ बढाउने अपेक्षा गरिएको छ।
भदौ १२, २०८२ बिहीबार १६:५५:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।