अर्थमन्त्री पौडेल र चीनका उपमन्त्री लिजुनबीच शिष्टाचार भेट, रसुवा नाकाको पुल पुनर्निर्माणका विषयमा छलफल

काठमाडौं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका भन्सार प्रशासनका उपमन्त्री वाङ्ग लिङजुनबीच शिष्टाचार भेटवार्ता भएको छ।
भेटमा नेपाल र चीनबीचका भन्सार नाकाहरू व्यवस्थापन, बाढीले क्षति पुर्याएको रसुवा नाकाको पुल र सडकको पुनर्निर्माणका विषयमा छलफल भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ।
विगतमा भएका सहमति अनुसारका सडक पूर्वाधारहरूको स्तरोन्नति, नेपाल चीनबीचको व्यापार, नेपाल र चीनबीच विगतमा भएका सहमतिहरूको कार्यान्वयन लगायतका विषयमा पनि छलफल भएको बताइएको छ।
भदौ १२, २०८२ बिहीबार १५:४५:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।