साउथ अस्ट्रेलियासँग नेपाल तीन रनले पराजित

साउथ अस्ट्रेलियासँग नेपाल तीन रनले पराजित
Filephoto

काठमाडौं : अभ्यास खेलमा नेपाल साउथ अस्ट्रेलियासँग पराजित भएको छ। बिहीबार भएको खेलमा नेपाल ३ रनले पराजित भयो।

साउथ अस्ट्रेलियाले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा १५७ रन मात्र बनाउन सक्यो।

नेपालका लागि रुपेश सिंहले १९ बलमा आक्रामक ३७ रन बनाए भने लोकेश बमले २६ बलमा ३२ रन जोडे। तर, टोलीलाई जित दिलाउन पर्याप्त भएन।

यसअघि ब्याटिङ गरेको साउथ अस्ट्रेलियाले ८ विकेटको क्षतिमा १६० रन बनाएको थियो। बलिङतर्फ नेपालका रुपेश सिंह र करण केसीले समान २-२ विकेट लिएका थिए।

यसअघि बिहीबार बिहानै सम्पन्न पहिलो अभ्यास खेलमा पनि नेपाल ३ विकेटले साउथ अस्ट्रेलियासँग पराजित भएको थियो।

भदौ १२, २०८२ बिहीबार १४:३२:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।