डेथ ओभरमा सम्हालिन नसक्दा आसामले नेपाललाई दियो १९१ रनको लक्ष्य

काठमाडौं : डेथ ओभरमा बलिङमा सम्हालिन नसक्दा आसाम भ्रमणमा रहेको नेपाल ‘ए’ टोलीलाई घरेलु टोलीले १९१ रनको विशाल लक्ष्य दिएको छ।
गुवाहटीमा टस हारेर पहिला ब्याटिङमा तानिएको आसाम क्रिकेट टोलीले निर्धारित २० ओभरमा १९० रन बनाएको छ।
उसका लागि सुरुवात राम्रो भए पनि बीचमा नेपालका बलरहरुले दबाबमा राखेका थिए।
तर, डेथ ओभरका नेपाली बलरहरुले सन्तुलन गुमाउँदा अन्तिम दुई ओभरमा मात्र ५२ रन दिन पुग्यो।
नेपाल अहिले जवाफी ब्याटिङ गरिरहेको छ।
भदौ १२, २०८२ बिहीबार १३:१७:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।