
राष्ट्रिय टोलीमा आदिलको कमब्याक, स्पेलको पहिलो बलमै विकेट

काठमाडौं : स्पट फिक्सिङको आरोपमा सफाइ पाएर राष्ट्रिय टोलीमा कमब्याक गरेका मोहम्मद आदिल आलमले आफ्नो स्पेलको पहिलो बलमै विकेट लिएका छन्।
भारतको आसामा राज्यमा भइरहेको पाँच खेलको टी२० सिरिजको पहिलो खेलमा उनले आफ्नो स्पेलको पहिलो बलमै विकेट लिएका हुन्।
उनले १३ बलमा १३ रन बनाएका गोगोइलाई एलबिडब्लु आउट गरेका हुन्। उनलाई १३औं ओभरमा मात्र कप्तान अनिल शाहले बलिङमा बोलाएका थिए।
नेपाल ‘ए’ टोली अहिले आफ्नो टी२० सिरिजका लागि भारतको आसामा छ। त्यहाँ टोलीले त्यहाँको प्रादेशिक टोलीसँग पाँच खेलको टी२० सिरिज खेल्नेछ।
१४ ओभरको खेल जारी रहँदा आसामको टोलीले छ विकेट गुमाएर १०२ रन बनाएर खेलिरहेको छ। नेपालका लागि आकाश चन्दले तीन विकेट लिँदा विवेक यादवले अर्को दुई विकेट लिएका छन्।
भदौ १२, २०८२ बिहीबार १२:२८:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।