बजाजको दशैं- तिहार योजना ‘बीपीएल’, मोटरसाइकल किन्दा र गेम खेल्दा नगद उपहार

बजाजको दशैं- तिहार योजना ‘बीपीएल’, मोटरसाइकल किन्दा र गेम खेल्दा नगद उपहार

काठमाडौं : बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले दशैं-तिहारलाई लक्षित गरी ‘बजाज प्रिमियर लिग (बीपीएल)’ नामक नयाँ योजना सार्वजनिक गरेको छ।

यो योजनाअन्तर्गत बजाज मोटरसाइकलको खरिदमा ग्राहकले क्रिकेटको स्कोरिङ शैलीमा नगद पुरस्कार पाउनेछन्। कम्पनीले ‘जति धेरै रन, त्यति धेरै नगद’को नारासहित यो अफर ल्याएको हो।

नागरिकताको आधारमा सहज फाइनान्सिङको सुविधा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ।

अफरमा हरेक मोटरसाइकल खरिदमा क्रिकेटको रनजस्तै नगद पुरस्कार हुनेछ। हरेक हप्ता ‘प्लेयर अफ द विक’बन्ने ग्राहकलाई १ लाख नगद रुपैयाँसहित चर्चित क्रिकेटरहरूसँग भेटघाटको अवसर मिलाइने कम्पनीको दाबी छ।

मोबाइलमा क्रिकेट गेम खेलेर पनि विभिन्न उपहार जित्ने मौका पाउने कम्पनीको भनाइ छ।

गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाका अनुसार, यो योजनाले चाडपर्वमा ग्राहकलाई जितको नयाँ अनुभव प्रदान गर्ने र ब्रान्डसँगको सम्बन्धलाई अझ बलियो बनाउने लक्ष्य राखेको छ।

भदौ १२, २०८२ बिहीबार १२:०९:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।