वीरगञ्जमा हैजाका ६४ जना बिरामी उपचाररत, नौ जना आईसीयूमा

वीरगञ्जमा हैजाका ६४ जना बिरामी उपचाररत, नौ जना आईसीयूमा
फाइल तस्बिर

वीरगञ्ज : पर्साको नारायणी अस्पतालमा हैजाबाट सङ्क्रमित ६४ जना बिरामी उपचाररत रहेका छन्।

अस्पतालका प्रवक्ता डा उदयनारायण सिंहका अनुसार उनीहरुको अवस्था सामान्य छन्।

अस्पतालमा भदौ ६ देखि ११ गतेसम्म २२६ जना झाडाका बिरामी आएकामा १६२ जना स्वास्थ्यलाभ गरेर घर फर्किएका उनले जानकारी दिए।

छ जनाको सघन उपचारकक्षमा उपचार भइरहेको छ।

बुधबार साँझसम्म ११० जनाको ‘कोलेरा आरडिटी’ गरिएकामा ४८ जनालाई हैजाको सङ्क्रमण पुष्टि भएको छ।

आरडिटी पोजिटिभमध्ये १५ जनाको नमूना ‘कल्चर’का लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पठाइकामा १२ जनामा ‘भिब्रिओ कोलेरा’ भेटिएको छ।

भदौ १२, २०८२ बिहीबार ०९:५४:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।