
बिहीबार १२ भदौ, २०८२
इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति कुवेतबाट पक्राउ

काठमाडौं : मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ‘इन्टरपोल’बाट ‘रेड नोटिस’ जारी भएका फरार प्रतिवादी कुवेतमा पक्राउ परेका छन्।
सुर्खेत भेरीगङ्गा नगरपालिका-२ सप्तरी समाझिङ्घाका कृष्ण सुनारलाई कुवेतमा पक्राउ गरेर स्वदेश ल्याइएको नेपाल प्रहरीको केन्द्रीय कार्यालयले जनाएको छ।
कुवेतको राष्ट्रिय अपराध अनुसन्धान विभागसँगको समन्वयमा उनलाई पक्राउ गरेर बुधबार स्वदेश ल्याइएको हो।
सुनारलाई कसुरबमोजिम कानुनी कारवाहीको लागि सुर्खेतस्थित जिल्ला प्रहरी कार्यालयमा बुझाइनेछ।
भदौ १२, २०८२ बिहीबार ०७:२२:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।