रास्वपा नेता अरनिको पाँडे महिलामाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ, साइबर ब्युरोको हिरासतमा

रास्वपा नेता अरनिको पाँडे महिलामाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ, साइबर ब्युरोको हिरासतमा

काठमाडौं : महिलालाई अनलाइनबाट दुर्व्यवहार गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता अरनीको पाँडे पक्राउ परेका छन्। प्रहरीको साइबर ब्युरोले उजुरी सम्बन्धी विषयमा छलफल गर्न भोटाहिटीको कार्यालयमा बोलाएर उनलाई नियन्त्रणमा लिएर बुधवार हिरासतमा राखेको हो।

उनी रास्वपाको केन्द्रीय सदस्य तथा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य समेत हुन्। रास्वपा सरकारमा रहेको बेलामा पार्टीको सिफारिसमा उनी राष्ट्रिय योजना आयोगको सदस्य भएका थिए।

पाँडेमाथि लागेको आरोपबारे प्रहरीले विस्तृत खुलाएको छैन। प्रहरीले बुधवारै एमालेका केन्द्रीय सदस्य ऐन महरलाई उस्तै प्रकृतिको आरोपमा अदालतको अनुमतिमा नियन्त्रणमा लिए पनि बयान सकेर बुधवारै हाजिर जमानीमा मुक्त गरेको थियो। तर पाँडेको हकमा भने हिरासतमै राखेको छ।

भदौ ११, २०८२ बुधबार २१:३९:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।