गौर हत्याकाण्ड : न्याय पाउन सर्वोच्चले बढायो आश तर नेताले बढाए त्रास (भिडियो रिपोर्ट)

काठमाडौं : २०६३ चैत्र ७ मा रौतहटको गौरमा भएको मधेसी जनअधिकार फोरम र माओवादीबीच भएको झडपमा २९ जना मारिएको गौर हत्याकाण्डको साढे १८ वर्षपछि बल्ल सर्वोच्च अदालतले अनुसन्धानको बाटो खोल्यो। घटना लगत्तै प्रहरीमा जाहेरी परेको थियो। तर प्रहरीले अनुसन्धानमा चासो देखाएन।

पीडितको तर्फबाट परेको निवेदनको सुनुवाइ टुङ्ग्याउँदै सर्वोच्च अदालतले गत साता सो आपराधिक घटनाको अनुसन्धान गर्न सरकारको नाममा आदेश दियो। अदालतबाट आदेश आएपछि गौर घटनामा मारिएकाको परिवारमा न्याय पाउने आस बढेको छ। तर सँगै घटनामा संलग्न देखिएका व्यक्तिहरू शक्तिशाली नेताहरू भएकाले उनीहरूमा त्रास समेत बढेको देखियो।

यो घटनामा रहेका आरोपीहरूमध्ये तत्कालीन मधेसी जनअधिकार फोरम तर्फबाट उपेन्द्र यादवै मुख्य आरोपी छन् भने माओवादीतिर प्रभु साह आरोपी छन्। यादव पक्षधरका नेता तथा कार्यकर्ताहरूले अदालतको आदेशको विपक्षमा विरोध प्रदर्शन समेत गरिसकेका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सो आदेश यादव केन्द्रित नभएर माओवादी केन्द्रित रहेको दाबी गरिसकेका छन्।

नेपालमा राजनीतिक आवरणमा छोप्न खोजिएको यही घटनाबारे उकेराले तयार पारेको खोजमुलक भिडियो रिपोर्ट : 

गौर घटनाबारे उकेराको विशेष रिपोर्ट

भदौ ११, २०८२ बुधबार १७:२१:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।