साइबर अपराध आरोपमा पक्राउ परे एमाले नेता ऐन महर, सिधै लगियो सरकारी वकिलको कार्यालय

साइबर अपराध आरोपमा पक्राउ परे एमाले नेता ऐन महर, सिधै लगियो सरकारी वकिलको कार्यालय

काठमाडौं : साइबर अपराधको आरोपमा एमालेका केन्द्रीय सदस्य ऐन महर पक्राउ परेका छन्। सामाजिक सञ्जालमार्फत गाली बेइज्जती गरेको भन्दै उनी विरुद्ध एक महिलाले प्रहरीको साइवर ब्यूरोमा हुलाकबाट जाहेरी दिएकी थिइन्। उनी विरुद्ध सोमबार पक्राउ पूर्जी जारी भएको थियो।

पक्राउ परेकाहरूको हकमा पहिला अदालतमा लगेर न्यायिक हिरासतमा राख्ने म्याद थपको माग गर्ने र म्याद पाएमा हिरासतमा राखेर बयान लगायतका अनुसन्धानको प्रक्रिया अगाडि बढ्नेमा प्रहरीले उनलाई बुधवार नियन्त्रणमा लिएर बयानका लागि सिधै जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा लगेको छ। सरकारी वकिलको कार्यालयमा उनको बयान भइरहेको छ।

सरकारी वकिलको कार्यालयमा बयान सकिएपछि उनलाई बुधवारै अदालत लैजाने प्रहरीको तयारी छ।

भदौ ११, २०८२ बुधबार १६:५५:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।