सेयर बजार बढेर २८ सय पार गर्‍यो, कारोबार रकम समेत बढ्यो

सेयर बजार बढेर २८ सय पार गर्‍यो, कारोबार रकम समेत बढ्यो

काठमाडौं : बुधवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५३ दशमलव शून्य एक अङ्कले बढेर दुई हजार ८ सय १९ दशमलव १० को विन्दुमा पुग्यो। तीन हजार पुगेर झरिरहेको नेप्से बुधवार २८ सय पारी पुग्यो। यो एक दशमलव ९१ प्रतिशतको सुधार हो।

बुधवारको कारोबारमा सबै समूहको उपसूचक बढेको छ। बैंकिङ एक दशमलव ३८, विकास बैंक तीन दशमलव ४०, वित्त एक दशमलव ९८, होटेल तथा पर्यटन एक दशमलव ६६, जलविद्युत् एक दशमलव ८५, लगानी दुई दशमलव १९ र जीवन बिमा समूह दुई दशमलव २१ प्रतिशतले बढेको छ।

उत्पादन तथा प्रशोधन दुई दशमलव ६९, लघुवित्त एक दशमलव शून्य नौ, म्युचुअल फन्ड शून्य दशमलव ४७, निर्जीवन बिमा एक दशमलव ६८, व्यापार दुई दशमलव ६८ र अन्य समूह दुई दशमलव १४ प्रतिशतले बढ्यो।

बुधवार कारोबार रकम समेत बढ्यो। दिनभरको कारोबारमा ३ सय २१ कम्पनीको एक करोड ४९ लाख ८६ हजार १ सय ४२ कित्ता सेयर ७२ हजार ५ सय २८ पटक खरिदबिक्री हुँदा सात अर्ब ६८ करोड ३३ लाखको कारोबार भयो।

विकास हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो। सबैभन्दा बढी केबिएल डिबेञ्चर–२०८६ को सेयर मूल्य पाँच दशमलव ७९ प्रतिशतले घट्यो।

कारोबार रकमको आधारमा सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ६५ करोड ४२ लाख ७४ हजार २ सय ५५ बराबरको सेयर किनबेच भयो।

कारोबार भएका सेयर सङ्ख्याका आधारमा ग्रिन भेन्चर लिमिटेडको आठ लाख ४६ हजार ६ सय २३ कित्ता सेयर किनबेच भयो। 

भदौ ११, २०८२ बुधबार १६:२३:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।