
माग्ने राजा VS जनै हराएको मान्छे : दुबैलाई अतिले गरायो खती

काठमाडौं : शुक्रवार एकै दिन दुई बलिया अभिनेता केदार घिमिरे र विजय बरालको मुख्य अभिनय रहेको फिल्म ‘माग्ने राजा’ र ‘जनै हराएको मान्छे’ रिलिज भयो। अभिनयको दुनियाँमा दुवै कलाकार आ-आफ्नो विधाका बलिया तर फरक धार भएकाले यी दुवै फिल्म दर्शकले कुरिरहेकै सूचीमा पर्न सफल भएको थियो।
मुख्य अभिनेताको रूपमा विजयको दोस्रो अनि केदार घिमिरे उर्फ माग्नेको पहिलो फिल्म भएकाले यसको नतिजासँग यी दुवै अभिनेताको अभिनयको भविष्य समेत जोडिएको थियो। दुवैबारे मिश्रित प्रतिक्रिया आइरहेका छन्। यी दुवै फिल्म कस्तो छ त? हामीले एकै सामग्रीमा समीक्षाको प्रयास गरेका छौँ
१. कथा संरचना
-माग्ने राजा
-थ्री एक्ट संरचना प्रयोग गर्न खोजिएको भए पनि असंगठित छ।
-पहिलो हाफ र दोस्रो हाफबीचको कथामै सामजस्ता मिल्न सकेको छैन। जबर्जस्ती हँसाउन केन्द्रित
-गरिब हुनु समस्या हो कि धनी भएपछि आउने लोभ समस्या हो? मूल समस्यामै अस्पष्ट। दर्शकलाई कथा अनुसारको परिवेश निर्माण गरेर हँसाउने प्रयासको साटो जबर्जस्ती हाँस्यात्मक दृश्य राख्दा झिँजो लगाउने जोखिम।
-जनै हराएको मान्छे
-कथा मूलतः आधा काँचो–आधा पाकेको जस्तो छ।
-पहिलो हाफ सुस्त, पुनरावृत्ति र अल्झिएको छ भने दोस्रो हाफमा मात्र गति आउँछ।
-पात्रलाई पटक–पटक सङ्कटमा पार्दा दर्शक भावुक हुने सट्टा थाक्छन्।
‘माग्ने राजा’मा कथा हल्का रमाइलो मात्रमा खुम्चिन्छ भने ‘जनै हराएको मान्छे’मा कथा अत्यधिक भावुकतामा डुब्छ। एउटामा हास्यको सन्तुलन छैन, अर्कोतिर भावुकता अति छ।
२. पात्र विकास
-माग्ने राजा
-मुख्य पात्र माग्ने/कुबेरमा केही परिवर्तन देखिन्छ।
-तर सहायक पात्रहरू (विल्सन, वर्षा, शिशिर) सपाट छन्।
-सहायक पात्रको कथामा खास योगदान छैन, केवल मुख्य पात्रलाई हँसाउने टाइमिङ प्रयोग गरिएका छन्।
-जनै हराएको मान्छे
-सिताराम (विजय बराल) बलियो पात्र बनेका छन्।
-अन्य पात्र (भिनाजु–गौरव, प्रेमिका–केकी, दिदी–मिरुना) सबैले अभिनय न्याय गरेका छन्।
-तर, सितारामलाई पटक–पटक अस्वाभाविक सङ्कटमा पारेकाले चरित्र वास्तविक भन्दा बढी बोझिलो बनेको छ।
‘माग्ने राजा’मा मुख्य पात्रबाहेक अरू चरित्र फिक्का छन् भने ‘जनै हराएको मान्छे’मा सबै पात्रको अभिनय बलियो भए पनि चरित्रमा अत्यधिक दुख थोपरेर थकाउने बनाइएका छन्।
३. शैली
-माग्ने राजा – पूर्ण रूपमा कमेडी प्रधान बनाउन खोजिएको छ। तर कमेडी संवादमुखी मात्र छ, परिस्थितिजन्य वा शारीरिक हास्य कमजोर छ।
-जनै हराएको मान्छे – मेलोड्रामा/भावुकता प्रधान। दर्शकलाई हलमा रुवाउने ध्येय राखिएको छ, तर अति पीडाले मन कठोर बनाउने खतरा।
‘माग्ने राजा’ हँसाउने प्रयासमा कमजोर बनेको छ भने ‘जनै हराएको मान्छे’ रुवाउने प्रयासमा अति गरेर कमजोर बनेको छ।
४. निर्देशन र प्रस्तुति
-माग्ने राजा
-निर्देशक ऋषि लामिछानेले हल्का रमाइलोमा मात्रै ध्यान दिएका छन्।
-कथा, पात्र र सन्देशबीच असंगति।
-दृश्यगत (visual) मेहनत मुख्य पात्रमा मात्रै केन्द्रित।
-जनै हराएको मान्छे
-निर्देशक हिमाल न्यौपानेले अभिनय त राम्रो गराएका छन् तर कथा सुस्त, अति भावुक, असन्तुलित।
-क्लाइमेक्स कमजोर, दर्शक भावुक त हुन्छन् तर सहमत हुँदैनन्।
दुवैमा निर्देशक कथा बगाउन भन्दा जबर्जस्ती परिस्थिति बनाएर एउटामा दर्शक रुवाउन केन्द्रित बनेका छन् अनि अर्कोमा दर्शक हँसाउन। यसले दुवै फिल्ममा निर्देशनको असन्तुलन मुख्य कमजोरीको रूपमा देखिएको छ। कथा भन्दा परिस्थितिको थुप्रो ठूलो छ।
५. सङ्गीत र छायाङ्कन
-माग्ने राजा – ‘पैसा’ बोलको गीत रमाइलो छ, सङ्गीत पक्ष अपेक्षाकृत सबल।
-जनै हराएको मान्छे – ‘आधाआधी’ गीत सुहाउँदो, ब्याकग्राउन्ड म्युजिक बलियो। छायाङ्कन पनि राम्रो।
दुवै फिल्ममा सङ्गीत र छायाङ्कन पक्ष बलियो छ।
६. दर्शकसँगको सम्बन्ध
-माग्ने राजा – भावनात्मक सम्बन्ध बन्न सकेन, हाँसो पनि टिकाउ छैन।
-जनै हराएको मान्छे – अति भावुकताले दर्शकलाई थकाउने बनायो, सहानुभूति भन्दा कठोरता बढी जाग्छ।
दुवै फिल्मले दर्शकसँग बलियो भावनात्मक सम्बन्ध बनाउन सकेनन्।
निष्कर्ष
-‘माग्ने राजा’ = ट्वाक्क हास्य छ तर मुख्य परिकार नभएकाले अधुरो र अपूरो।
-‘जनै हराएको मान्छे’ = आधा पाकेको, आधा काँचो परिकार। अभिनय बलियो भए पनि अत्यधिक भावुकता र सुस्त कथाले कमजोर।
दुवै फिल्मका सबल पक्ष छायाङ्कन, सङ्गीत र मुख्य कलाकारको अभिनय हो। तर कथा संरचना र निर्देशनको असन्तुलनका कारण न ‘माग्ने राजा’ले निरन्तर हँसाउन सक्छ, न ‘जनै हराएको मान्छे’ले दर्शकलाई मनदेखि रुवाउन सक्छ।
पुरा समीक्षा
भदौ ११, २०८२ बुधबार १६:०९:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।