‘मुस्ताङ गोल्ड’ मदिराको सिलबन्दी बोतलमा झिँगा भेटिएपछि २ लाख जरिवाना

‘मुस्ताङ गोल्ड’ मदिराको सिलबन्दी बोतलमा झिँगा भेटिएपछि २ लाख जरिवाना

काठमाडौं : धनुषा डिस्टिलरी प्रालिबाट उत्पादित ‘मुस्ताङ गोल्ड’ नामक मदिरामा झिँगा भेटिएपछि काठमाडौं महानगरपालिकाले दुई लाख जरिवाना गरेको छ।

सिलबन्दी बोतलभित्र मदिरामा झिँगा फेला परेपछि मदिरा मापदण्ड विपरीत रहेको भन्दै महानगरले बुधवार २ लाख रुपैयाँ जरिवाना गरेको हो।

भदौ ४ मा उपभोक्ता स्वयम् आफैँ आएर महानगर प्रहरी बलमा मदिरामा झिँगा भेटिएको गुनासो गरेका थिए। विभागले उक्त मदिराको नमुना सङ्कलन गरी भौतिक जाँच गरेको थियो।

जाँचका क्रममा सिलबन्दी बोतलभित्र अखाद्य तत्त्व फेला परेको पुष्टि भएको भन्दै काठमाडौं महानगरपालिकाको बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७५ अनुसार अनुचित व्यापारिक गतिविधि गरेको भन्दै जरिवाना गरेको हो।

महानगरको कृषि तथा पशुपक्षी विभागका अनुसार जरिवाना रकम काठमाडौं महानगरपालिकाको राजस्व खातामा जम्मा गरिसकेपछि सोको जानकारी विभागमा पेस गर्नुपर्नेछ। 

भदौ ११, २०८२ बुधबार १५:०९:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।