नाइमा र नाडा शोमा एलएस मोटर्सका ८८ वटा गाडी बुकिङ

नाइमा र नाडा शोमा एलएस मोटर्सका ८८ वटा गाडी बुकिङ

काठमाडौं : एलएस अटोको नेपालको लागि आधिकारिक वितरक नेक्सन भेन्चरले पछिल्लो तीन सातामा ८८ वटा गाडी बुकिङ गरेको छ।

साउन २१ गतेबाट सुरू भएको नाइमा मोबिलिटी एक्स्पोमा ३७ वटा र भदौ ३ गतेदेखि सुरू भएको नाडा अटो शोमा ५१ गरी कम्पनीले ८८ वटा गाडी बुकिङ गरेको जनाएको छ।

नाइमा मोबिलिटी एक्स्पो र नाडा अटो शोका लागि कम्पनीले प्रिमियम ह्याचव्याक र अलह्विल ड्राइभका दुई मोडलहरू नेपाल ल्याएको थियो।

यस नेपालमा एलईभी ०१ सीई/एससी, एलईभी ०५ र एलईभी एक्स गरी तीन वटा मोडल बिक्रीका लागि बुकिङ खुलाएको थियो।

एलईभी०५ एक प्रिमियम ह्याचब्याक कार हो। यो कारमा सेग्मेन्टकै सबैभन्दा ठूलो ५६ किलोवाट अवारको ब्याट्रीप्याक रहेको छ।

७० किलोवाटको मोटर भएको यो कारले नेपाली बाटोमा ४०० किलोमिटरको रेन्ज आरामले दिने कम्पनीको दाबी छ।

त्यस्तै एलईभी एक्स एक अलह्विल ड्राइभ क्रसओभर एसयूभी हो।

यसअघि नेपालमा बिक्री भइरहेको एलईभी वानको अलह्विल ड्राइभ भर्सन एलईभी एक्स मा ७७ किलोवाट आवरको ब्याट्रीप्याक र १९८ किलोवाटको मोटर छ। यो एसयूभीले ५५० किलोमिटर सम्मको रेन्ज दिने कम्पनीले दाबी गरेको छ।

सेग्मेन्टमै सबैभन्दा धेरै २१० एमएमको ग्राउण्ड क्लियरेन्स रहेको यो एसयूभी अलह्विल ड्राइभ भएसँगै जस्तोसुकै बाटोहरूमा समेत आरामले चलाउन सकिने भएको छ।

कम्पनीका अनुसार एलईभी वानभन्दा अलह्विल ड्राइभ एलईभी एक्समा क्याबिनका केही फिचरहरू समेत अपडेट भएका छन्।

भदौ ११, २०८२ बुधबार ११:२७:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।