झापामा सवारी दुर्घटनामा एक जनाको मृत्यु, एकै परिवारका चार जना घाइते

झापामा सवारी दुर्घटनामा एक जनाको मृत्यु, एकै परिवारका चार जना घाइते

बनियानी : झापाको कनकाई नगरपालिका-८ बिरिङ पुल नजिक सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकै परिवारका चार जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत गए राति सुरुङ्गाबाट बिर्तामोडतर्फ आउँदै गरेको मे१च ५४४६ नम्बरको भ्यान र विपरीत दिशाबाट जाँदै गरेको मे१च ३४४० नम्बरको भ्यान एकापसमा ठोक्किँदा भ्यानका चालक शिवसताक्षी नगरपालिका-७ का २९ वर्षीय नवराज बाँस्कोटाको मृत्यु भएको हो।

दुर्घटनामा मारुती भ्यानमा सवार शिवसताक्षी नगरपालिका-७ का ४० वर्षीय पृथ्वीनाथ साह, उनकी ३७ वर्षीया पत्नी पुनमदेवी, १४ वर्षीय छोरा प्रसन्न र नौ वर्षीया छोरी प्रिन्सा घाइते भएका छन्। घाइते चारै जनाको अवस्था सामान्य छ।

पिकअप र त्यसका चालक धनकुटा महालक्ष्मी नगरपालिका-८ का २४ वर्षीय सुमन पौडेललाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

भदौ ११, २०८२ बुधबार ०९:१२:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।