
वीरगञ्जका विद्यालयमा थप तीन दिन बिदा

वीरगञ्ज : हैजा फैलिएपछि वीरगञ्ज महानगरपालिकाले यहाँका विद्यालयमा थप तीन दिन बिदा दिने निर्णय गरेको छ।
मंगलबार बसेको नगर प्रमुखस्तरीय बैठकको निर्णयानुसार भदौ ११ देखि १३ गतेसम्मका लागि बिदा दिने निर्णय गरेको महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले जानकारी दिए।
त्यस अवधिमा महानगरअन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयको पठनपाठन स्थगित गरिएको उनले जानकारी दिए।
महानगरले बिदा अवधिमा शिक्षक तथा कर्मचारीहरूको टोली बनाई विद्यालय सेवा क्षेत्रभित्र रहेका समुदायमा हैजा नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यहरू सञ्चालन गर्न शिक्षक तथा कर्मचारीलाई परिचालन गर्न गराउन अनुरोध गरेको छ।
यसअघि यहाँ आइतबार र सोमबार बिदा दिइएको थियो।
भदौ १०, २०८२ मंगलबार २१:५४:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।