होन्डाको ‘चंगा उड्छ फरर, होन्डा कारमा सरर’ योजना सार्वजनिक, चार लाखसम्म नगद छुट

होन्डाको ‘चंगा उड्छ फरर, होन्डा कारमा सरर’ योजना सार्वजनिक, चार लाखसम्म नगद छुट

काठमाडौं : होन्डा कारको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले दशैंलाई लक्षित गर्दै ‘चंगा उड्छ फरर, होन्डा कारमा सरर’ नामक आकर्षक योजना सार्वजनिक गरेको छ।

‘यो दशैं बेस्ट भ्यालु रोज्नुहोस्’ नारासहित ल्याइएको यो योजनाअन्तर्गत ग्राहकले होन्डा कारको खरिदमा ४ लाख रुपैयाँसम्मको नगद छुट पाउनेछन्। यसका साथै, कम्पनीले एक वर्षको निःशुल्क बीमा, एक वर्षको सडक कर र ५ वर्षसम्मको निःशुल्क सर्भिसिङ सुविधा पनि प्रदान गर्नेछ।

कम्पनीका अनुसार पुराना गाडीसँग नयाँ होन्डा साट्न चाहने ग्राहकका लागि २५ हजार रुपैयाँ बराबरको एक्सचेन्ज बोनसको व्यवस्था समेत गरिएको छ।

यसबाहेक, ग्राहकहरूले हरेक गाडीको खरिदमा निःशुल्क एसेसरिज, २ वर्षको इन्जिन वारेन्टी र एक पटकको लागि निःशुल्क रोडसाइड असिस्टेन्स जस्ता थप सुविधाहरू पनि प्राप्त गर्नेछन्।

यो योजना होन्डाका सिटी, सिटी ई:एचईभी, एलिवेट, र अमेज लगायतका लोकप्रिय मोडेलहरूमा लागू हुनेछ। कम्पनीका अनुसार यो अफर भदौ ७ गतेदेखि कात्तिक १४ गतेसम्म देशभरका सबै होन्डा शोरूमहरूमा उपलब्ध हुनेछ।

भदौ १०, २०८२ मंगलबार १९:०९:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।