राज्य व्यवस्था समितिको सभापतिमा कांग्रेसकी ईश्वरी न्यौपाने निर्विरोध

काठमाडौं : नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपाने राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा निर्विरोध निर्वाचित हुने भएकी छन्।
सत्ता गठबन्धनको साझा उम्मेदवारका रूपमा उनको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध हुने निश्चित भएको हो।
न्यौपानेले कांग्रेस सांसद रामहरि खतिवडाको प्रस्ताव र एमाले सांसद कृष्णगोपाल श्रेष्ठको समर्थनमा उम्मेदवारी दर्ता गराएकी हुन्।
एकल उम्मेदवारी परेकाले सोमबार दिउँसो ३ बजे बस्ने समितिको बैठकले उनलाई निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गर्नेछ।
यसअघि उनले पार्टीको निर्णयअनुसार संसदीय सुनुवाइ समितिको सभापति पदबाट राजीनामा दिएकी थिइन्। समानुपातिक सांसद न्यौपानेलाई कांग्रेसले प्रतिनिधिसभाको सभामुखको उम्मेदवार पनि बनाएको थियो।
भदौ १०, २०८२ मंगलबार १७:०६:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।