एमक्यूब र बीवाइडीको सहकार्यमा ‘काठमाडौं क्रोनिकल्स’ घोषणा

एमक्यूब र बीवाइडीको सहकार्यमा ‘काठमाडौं क्रोनिकल्स’ घोषणा

काठमाडौं : एमक्यूब नेपाल (म्यारियट काठमाडौं)ले बीवाइडीसँगको सहकार्यमा ‘काठमाडौं क्रोनिकल्स’ नामक एक अद्वितीय कार्यक्रमको घोषणा गरेको छ।

नेपालको सौन्दर्य, इतिहास र संस्कृतिलाई प्रवर्द्धन गर्दै व्यावसायिक सहकार्यलाई सम्मेलन कक्षबाट बाहिर नेपालको जीवन्त सम्पदासँग जोड्नु यसको मुख्य लक्ष्य हो।

यो कार्यक्रम विशेष गरी म्यारियटका (बैठक, प्रोत्साहन, सम्मेलन र प्रदर्शनी) साझेदारहरूका लागि तयार पारिएको हो।

कार्यक्रमको मुख्य आकर्षण काठमाडौं, पाटन दरबार स्क्वायर र स्वयम्भूनाथमा आयोजना हुने ‘ट्रेजर हन्ट’ हो।

सहभागीहरूलाई विभिन्न समूहमा बाँडेर बीवाइडीका गाडीमार्फत यी सम्पदा स्थलहरूमा लगिनेछ, जहाँ उनीहरूले पजल र विभिन्न टास्कहरू पूरा गर्दै ती स्थानका कथाहरू अनुभव गर्नेछन्।

म्यारियट काठमाडौंबाट सुरू हुने यो कार्यक्रम फेयरफिल्ड बाइ म्यारियटमा समापन हुनेछ, जहाँ विजेता टोलीलाई ‘काठमाडौं एक्सपर्ट्स’ को उपाधि प्रदान गरिनेछ।

यो सहकार्यले नेपाललाई व्यावसायिक भेलाका लागि एक अद्वितीय सांस्कृतिक अनुभवसहितको गन्तव्यका रूपमा स्थापित गर्न मद्दत गर्ने विश्वास लिइएको छ।

भदौ १०, २०८२ मंगलबार १६:५५:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।