१४ वर्षीया बालिका बलात्कारको झापामा एक युवक पक्राउ

झापा : १४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
ताप्लेजुङ सिदिङवा गाउँपालिका-३ बस्ने १९ वर्षीय जिवन कटुवाललाई सोमबार दिउँसो इलाका प्रहरी कारयालय धुलाबारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
जिवनले ती बालिकालाई बुद्धशान्ति गाउँपालिका-१ होक्सेमा बलात्कार गरेको भन्ने उजुरी परेको थियो।
बालिकालाई स्वास्थ्य परीक्षणका लागि पठाइएको छ भने प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
भदौ १०, २०८२ मंगलबार १४:३२:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।