कांग्रेसले न्यौपानेलाई राज्यव्यवस्था समितिको उम्मेदवार बनाउने

काठमाडौं : नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति पदमा ईश्वरीदेवी न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा मंगलबार बसेको पार्टीका शीर्ष नेताको बैठकले सो निर्णय गरेको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए। बैठकमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगनकुमार थापा र शर्मा उपस्थित थिए।
नयाँ सभापतिका लागि यही भदौ ११ गते निर्वाचन हुँदैछ। आज दिउँसो १ः०० बजेदेखि ४ः०० बजेसम्म उम्मेदवार मनोनयन गर्ने कार्यतालिका रहेको संसद् सचिवालयले जनाएको छ। कांग्रेस सांसद रामहरि खतिवडाले सभापतिबाट राजीनामा दिएपछि उक्त पद रिक्त थियो।
भदौ १०, २०८२ मंगलबार १३:४७:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।