भक्तजनलाई शीतलता प्रदान गर्न पशुपतिनाथ मन्दिरमा 'वाटर ड्रपलेट'

काठमाडौं : पशुपतिनाथ मन्दिरमा यस वर्ष पहिलो पटक गर्मीबाट बच्न कृत्रिम वाटर ड्रपलेट गराइएको छ।
आज तीजको दिन मन्दिरमा हुने भक्तजनको घुइँचोका कारण महिलाहरू गर्मीले बेहोस हुने समस्याको समाधानका लागि पशुपति क्षेत्र विकास कोषले भक्तजनलाई शीतलता प्रदान गर्न वाटर ड्रपलेट गराएको हो।
यसबाहेक पनि कोषले भक्तजनको सहजताका लागि विभिन्न सेवा सुविधाको व्यवस्था गरेको छ। अरु वर्षझै यस वर्षमा पनि मन्दिरमा बिहानैदेखि श्रद्धालु भक्तजनहरूको बाक्लो उपस्थिति छ।
भदौ १०, २०८२ मंगलबार ११:४५:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।