पशुपतिमा तीजको लहर (तस्विरहरू)

पशुपतिमा तीजको लहर (तस्विरहरू)

काठमाडौं : आज तीज पर्व। भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व देवादिदेव महादेवको पूजाआराधना गरी मनाइँदैछ।

 भाद्र शुक्ल तृतीयाको दिन हिन्दु महिलाहरूले भगवान् शिवको पूजा आराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर धूमधामसँग तीज मनाउने गर्छन्।

हिजोको दरको भरमा आजको दिन निराहार र निर्जला व्रत बस्ने चलन छ। पार्वतीले शिवजी वरका रूपमा प्राप्त गरौँ भनी मनोकामना राखी तीजको व्रत बसेपछि तीजको चलन चलेको जनविश्वास छ। आज शिव मन्दिर र शिवालयहरूमा दर्शनार्थीको विशेष भीड देखिएको छ।

पशुपतिनाथ मन्दिर परिसर रातो रंगमा सजिएका हर्षित, उत्साहित विवाहित, अविवाहित महिलाहरूको बाक्लै उपस्थिति देखिएको छ।

भदौ १०, २०८२ मंगलबार १०:३९:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।