
सानिमा बैंकका ग्राहकले चिरायु अस्पतालमा १० प्रतिशतसम्म छुट पाउने

काठमाडौं : सानिमा बैंकले आफ्ना ग्राहकहरूका लागि काठमाडौंको बसुन्धरास्थित चिरायु नेशनल अस्पतालमा उपचार शुल्क भुक्तानी गर्दा विशेष छुटको व्यवस्था गरेको छ।
डिजिटल बैंकिङ्गलाई प्रवर्द्धन गर्ने उद्देश्यले बैंकले अस्पतालसँग यस्तो सम्झौता गरेको हो।
उक्त सम्झौताअनुसार, सानिमा बैंकका ग्राहकहरूले भिसा डेबिट/क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ्ग प्रयोग गरी क्यूआर कोड मार्फत भुक्तानी गर्दा विभिन्न सेवामा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
यो छुट अस्पतालको बेड शुल्क, डाइग्नोस्टिक शुल्क तथा फार्मेसीको बिलमा लागू हुने बैंकले जनाएको छ।
बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल भुक्तानीका लागि प्रोत्साहित गर्न निरन्तर विभिन्न छुट तथा अफरहरू प्रदान गर्दै आएको जनाएको छ।
हाल सानिमा बैंकका देशका सातै प्रदेशमा १३४ वटा कार्यालय र १२७ वटा ए.टि.एम. सञ्चालनमा रहेका छन्।
भदौ ९, २०८२ सोमबार १८:००:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।