
मंगलबार १० भदौ, २०८२
कैलाली कारागारमा बलात्कार मुद्दाका एक थुनुवाको मृत्यु

सांकेतिक तस्बिर
अत्तरिया : कैलाली कारागारका एक थुनुवाको मृत्यु भएको छ।
जिल्लाको टीकापुर नगरपालिका-४ का ५६ वर्षीय रामकिसन चौधरीको आज दिउँसो मृत्यु भएको कारागार प्रशासनले जनाएको छ।
टाउको दुखेको र रिंगटा लागेको भनेपछि चौधरीलाई तत्काल उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएकामा केहीबेरमै चिकित्सकले मृत घोषणा गरेको कारागार प्रमुख प्रकाश ढुङ्गानाले जानकारी दिए।
उनले मृत्युको कारण भने खुल्न सकेको छैन। मृतक बलात्कार मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेको जनाइएको छ।
भदौ ९, २०८२ सोमबार १७:४४:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।