केपीआई हेल्मेट्सको ब्रान्ड एम्बेस्डर बने पारस

केपीआई हेल्मेट्सको ब्रान्ड एम्बेस्डर बने पारस

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का केपीआई हेल्मेट्सका ब्रान्ड एम्बेस्डर बनेका छन्। नाडा अटो शो २०२५ को अन्तिम दिन आइतबार केपीआईले खड्कालाई ब्रान्ड एम्बेस्डर घोषणा गरेको हो।

सन् २०१५ मा लेग गार्ड र पुलर उत्पादन गर्दै बजारमा प्रवेश गरेको केपीआई अहिले १३ वटा मोडेलका हेल्मेट विभिन्न आकर्षक ग्राफिक्ससहित उत्पादन गर्दै आएको छ। लुम्बिनीस्थित अत्याधुनिक कारखानाबाट उत्पादन हुने यी हेल्मेटहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका मापदण्ड पूरा गर्ने दाबी कम्पनीको छ।

घोषणा समारोहमा बोल्दै केपीआईका प्रवक्ताले भने, ‘पारस खड्का केवल खेलाडी मात्र नभएर राष्ट्रिय सम्पदा हुन्। उनको दृढता र नेतृत्व केपीआईका मूल्यहरूसँग मेल खान्छ। उनको सहभागिताले हाम्रो ‘सुरक्षा र शैली’ को अभियानलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरेका छौं।’ 

यो कदमले नेपाली बजारमा केपीआईलाई अझ भरोसायोग्य र नवीनतम हेल्मेट ब्रान्डका रूपमा स्थापित गर्ने कम्पनीको विश्वास छ। 

भदौ ९, २०८२ सोमबार १३:०८:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।