
बिहानै हरिसिद्धी पुगेका ‘प्रचण्ड’लाई ‘विप्लव’ले देखाए धान खेत

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार बिहान नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई भेट्न उनकै निवासमा पुगे।
दाहाल हरिसिद्धीस्थित विप्लव निवासमा पुग्दा पार्टीका नेता-कार्यकर्ताले स्वागत गरे भने मूल ढोकामै विप्लव आफैं स्वागतका लागि उपस्थित थिए।
भेटपछि प्रचण्डले विप्लवको नेतृत्वमा गरिएको धान खेती अवलोकन गर्दै उत्पादनसँग जोडिएको कार्यको प्रशंसा पनि गरे।भेटमा समसामयिक राजनीतिक अवस्था र दुई पार्टीबीच सम्भावित एकताको विषयमा छलफल भएको बताइएको छ।
हालै बसेको माओवादी स्थायी कमिटीको बैठकले विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरेको थियो। तर विप्लव समूहले भने यसमा खासै चासो देखाएको थिएन।
भदौ ९, २०८२ सोमबार १२:५०:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।