
उपराष्ट्रपति सुआन स्वदेश फर्किनु अघि पाटन र स्वयम्भूनाथ जाने

काठमाडौं : नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन आज स्वदेश फिर्ता हुनु अघि पाटन दरबार स्क्वायर र स्वयम्भूनाथ स्तुपाको भ्रमण गर्ने भएकी छन्।
गत शनिबार नेपाल भ्रमणमा आएकी उपराष्ट्रपति भो थि आन आज (सोमबार) पाटन दरबार स्क्वायर र स्वयम्भूनाथ स्तुपाको भ्रमण गर्ने भएकी हुन्।
उनी आज करिब २:१५ बजे उपराष्ट्रपति भो थि आनलाई पाटनमा संस्कृति मन्त्रालय, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र स्थानीय सरकारका सम्बन्धित अधिकारीहरूहरुले स्वागत गर्नेछन्।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले उनलाई विदाइ गर्नेछन्।
भदौ ९, २०८२ सोमबार ११:२१:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।