कलंकीमा कोल्डड्रिंक्स बोकेको पिकअप भ्यान दुर्घटना

कलंकीमा कोल्डड्रिंक्स बोकेको पिकअप भ्यान दुर्घटना

काठमाडौं : काठमाडौंको कलंकी नजिकै कोल्डड्रिक्स बोकेको पिकअप भ्यान दुर्घटनामा परेको छ। सोमबार बिहान करिब ६:५० मा बा १३ च ६११९ नम्बरको गाडी दुर्घटनामा परेको हो।

कलंकीबाट बल्खुतर्फ जाँदै गरेको पिकअप भ्यान अनियन्त्रित भई दुर्घटनामा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिए।

धादिङ बस्ने २४ वर्षीय चालक गौरव रानामगर सकुशल छन् भने अन्य मानवीय क्षति नभएको प्रहरी प्रवक्ताले जानकारी दिए। उनले घटनाको थप विवरण आउन बाँकी रहेको समेत जानकारी गराए।

भदौ ९, २०८२ सोमबार ११:१०:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।