बुढानीलकण्ठमा नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी

बुढानीलकण्ठमा नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी
Filephoto

काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी बैठक बसेको छ। सोमबार बिहान १० बजेदेखि सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बैठक बसेको हो।

आजको बैठकमा प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको उम्मेदवार र उपसभामुख इन्दिरा रानामगरमाथि छलफल हुने बताइएको छ।

यसअघि कांग्रेस र एमालेले उपसभामुख रानामगरलाई पदीय आचरण विपरीत काम गरेको भन्दै हस्ताक्षर संकलन गरेका थिए।

कांग्रेसभित्र हस्ताक्षर संकलनको विषयमा विवाद छ भने गत साउन २८ गते सङ्घीय निजामती सेवा विधेयकमा कुलिङ पिरियड सम्बन्धी व्यवस्थाको विवादमा परेका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका थिए।

भदौ ९, २०८२ सोमबार १०:५६:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।