सेना र प्रहरी खटाएर वीरगन्जको हैजा प्रकोपको नियन्त्रण गर्ने सरकारी रणनीति

सेना र प्रहरी खटाएर वीरगन्जको हैजा प्रकोपको नियन्त्रण गर्ने सरकारी रणनीति

काठमाडौं : वीरगन्जमा फैलिएको हैजा नियन्त्रण गर्न सरकारले तीनै तहका सुरक्षा निकायका सदस्य परिचालन गर्ने निर्णय गरेको छ। आइतबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले पर्साको वीरगन्जमा फैलिएको हैजा प्रकोप नियन्त्रणका लागि आवश्यक परे तत्काल मेडिकल टिमसहित परिचालन गर्नेगरि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई तयारी अवस्थामा रहन निर्देशन दियो।

बैठकले मुलुकभरको शान्ति सुरक्षाको समीक्षा गर्दै मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले विभिन्न माग राखी भइरहेका धर्ना, जुलुस, आन्दोलन तथा अवाञ्छित गतिविधीहरुलाई मध्यनजरमा राखेर प्रभावकारी सुरक्षा व्यवस्था मिलाउने विषयमा छलफल भएको बताए।

भदौ ८, २०८२ आइतबार १७:१५:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।