नेप्से परिसूचक १८.०२ अंक घट्दा कारोबार रकम बढ्यो

काठमाडौं : आइतबार सेयर बजार १८.०२ अंक घट्दा नेप्से परिसूचक २७३९.९५ अंकमा झरेको छ। प्रारम्भमा कारोबार बढेको थियो। तर दिनभरको कारोबारमा बजार १८.०२ अंक घट्यो। बिहीबार ५ अर्ब २ करोडको कारोबार भएकोमा आइतबार कारोबार रकम बढेर ६ अर्ब ५४ करोड पुग्यो।
आइतबारको कारोबारमा ४१ कम्पनीको मूल्य बढेको थियो भने २०८ वटाको घट्यो। दिनभरको कारोबारमा उत्पादन तथा प्रशोधन बाहेक सबै समूहका सूचक घटेका छन्। उत्पादन समूह ०.१५ प्रतिशत बढ्दा विकास बैंक समूह सबैभन्दा धेरै १.६९ प्रतिशत घट्यो।
बैङ्किङ ०.८८, फाइनान्स ०.५३, होटेल तथा पर्यटन ०.६८, हाइड्रोपावर १.१९, लगानी ०.७८, जीवन बीमा ०.४४, माइक्रोफाइनान्स ०.१५, निर्जीवन बीमा ०.५०, अन्य ०.१० तथा व्यापार समूह ०.१९ प्रतिशत घटे।
विकास हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो। सीवाईसी लघुवित्तको ४.७४, हिमालयन डिस्टिलरीको ३.६०, अपर स्याङ्गे हाइड्रोपावरको २.३५ प्रतिशत मूल्य बढ्यो। नारायणी डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै ७.२९ प्रतिशत घट्दा पियोर इनर्जीको ४.३५, सान्भी इनर्जीको ३.९८ तथा रावा इनर्जीको ३.८५ प्रतिशत मूल्य घट्यो।
हिमालयन डिस्टिलरीको सबैभन्दा धेरै रकमको कारोबार भयो। सो कम्पनीको १ अर्ब ७५ करोडको कारोबार भयो। धेरै कारोबार भएका अन्य कम्पनीहरूमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, बुटवल पावर र शिवम् सिमेन्ट अगाडि रहेका छन्।
भदौ ८, २०८२ आइतबार १६:४०:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।