स्याङ्जामा कुटपिटबाट एक युवकको मृत्यु, दुई जना नियन्त्रणमा

स्याङ्जामा कुटपिटबाट एक युवकको मृत्यु, दुई जना नियन्त्रणमा

स्याङ्जा : स्याङ्जाको वालिङ नगरपालिका-५ बाहुनडाँडाका ३२ वर्षीय ढालबहादुर थापाको कुटपिटबाट मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रशन्नराज चौधरीका अनुसार गएराति करिब ११ बजे थापामाथि कुटपिट भएको थियो।

गम्भीर घाइते भएका थापालाई उपचारका लागि वालिङस्थित गह्रौँ प्राथमिक अस्पताल पुर्याइएको थियो। त्यहाँ उपचारपछि थप उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज लैजाँदै गर्दा चिकित्सकले राति नै मृत घोषणा गरेका थिए।

प्रहरीले घटनामा संलग्न दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हरिनाश गाउँपालिका–५ का २२ वर्षीय सिजन थापा र चापाकोट नगरपालिका–५ का २४ वर्षीय अनिल शाही रहेका छन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।

भदौ ८, २०८२ आइतबार १२:४३:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।