सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले बढ्यो

काठमाडौं : साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुनको मूल्य तोलामा २ हजार ३सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर तोलाको १ लाख ९७ हजार ५ सय रुपैयाँ पुगेको छ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ३० रुपैयाँलेबढेर प्रतितोला २ हजार ३५० रुपैयाँमा कायम भएकोे छ।
भदौ ८, २०८२ आइतबार ११:५०:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।