भारतमा विवाह गरेकी साह बच्चा पढाउन गौरमा डेरा लिएर बस्थिन्, सुटकेस भित्र मृत भेटिइन्

रौतहट : गौर नगरपालिका-९ मुडवलवा गेट नजिक शनिबार राति बेवारिसे अवस्थामा डोरीले बाँधिएको सुटकेस भित्र रहेको शवको पहिचान खुलेको छ।
मृतक ३५ वर्षीया रुबिकुमारी साह रहेको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ। साह रौतहटको माधवनारायण-६ की हुन्। उनको विवाह भारतको मुजफ्फरपुरमा भएको थियो। बच्चालाई पढाउन उनी गौरमा डेरा लिएर बस्दै आएकी थिइन्।
दुई दिनदेखि हराइरहेकी साहको खोजीका लागि आमाले प्रहरीमा निवेदन दिएकी थिइन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
भदौ ८, २०८२ आइतबार ११:३१:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।