‘माग्ने राजा’को व्यापार सुधारिएको निर्माण टिमको दाबी

काठमाडौं : निर्माण टिमले फिल्म ‘माग्ने राजा’ले शनिवार हलमा दर्शक फर्काएको दाबी गरेको छ। शुक्रबार बिहानीको शोमा औसत दर्शक पाएको फिल्मले मध्यान्हको समयदेखि हाउसफुल दर्शकको साथ पाएको निर्माण पक्षको दाबी छ।
शनिबार बिहानैदेखि आक्रामक व्यापार गरेको निर्माण पक्षको दाबी छ। निर्देशक ऋषि लामिछाने 'माग्ने राजा'का मुख्य कलाकार केदार घिमिरे (माग्ने बुढा) र अभिनेत्री वर्षा सिवाकोटीलाई लिएर काठमाडौं उपत्यकाका विभिन्न हलमा पुगिरहेका छन्। फिल्मबारे मिश्रित प्रतिक्रिया आइरहेको छ।
चलचित्र वितरक रोहितकुमार कट्टेलले ‘माग्ने राजा’ले ‘उनको स्वेटर’पछि इनिसियल दर्शक पाएको दाबी गरे। उनले तीजको मुख्य बिदा बाँकी नै रहेकाले चलचित्रले आकर्षक कमाइ गर्ने अपेक्षा व्यक्त गरे।
‘पछिल्लो समय वैशाखमा प्रदर्शन भएको ऊनको स्वेटरले सुरुवातदेखि नै राम्रो व्यापार गरेको थियो। त्यसपछिको राम्रो व्यापार माग्ने राजाकै मान्नुपर्छ। अझ यो चलचित्रले मंगलबारपछि आक्रामक कमाइ गर्ने मेरो अनुमान छ,’ कट्टेलले भने।
निर्देशक ऋषि लामिछाने तीज पछि चलचित्रका दर्शक थप बढ्ने आश गरेका छन्।
भदौ ८, २०८२ आइतबार १०:२२:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।