डोरीले बाँधिएको सुटकेस भित्र महिलाको शव

डोरीले बाँधिएको सुटकेस भित्र महिलाको शव
तस्विर : सामाजिक सञ्जाल

रौतहट : गौर नगरपालिका-९ मुडवलवा गेट नजिक शनिबार राति बेवारिसे अवस्थामा डोरीले बाँधिएको सुटकेस देखिएको थियो।

जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी राजन कार्की नेतृत्वको टोलीले आइतबार बिहान सुटकेस खोलेर हेर्दा एक महिलाको शव फेला परेको हो।

डीएसपी कार्कीका अनुसार शवलाई सुटकेसभित्र कोचेर राखिएको अवस्थामा भेटिएको हो।

हालसम्म मृतकको पहिचान खुलेको छैन। मुचुल्का उठाइसकेपछि शवलाई प्रादेशिक अस्पताल गौरमा पोस्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको विस्तृत अनुसन्धान सुरू गरेको छ। 

भदौ ८, २०८२ आइतबार ०९:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।