साफ यू-१७ महिला च्याम्पियनसिप अन्तर्गत आज नेपाल र बंगलादेश भिड्दै

साफ यू-१७ महिला च्याम्पियनसिप अन्तर्गत आज नेपाल र बंगलादेश भिड्दै

काठमाडौं : भुटानमा जारी साफ यू-१७ महिला च्याम्पियनसिप अन्तर्गत नेपालले आज बंगलादेशसँग तेस्रो खेल खेल्दैछ।

खेल नेपाली समय अनुसार साँझ पौने ६ बजे चाङ्लिमिथाङ रंगशालामा सुरु हुनेछ। नेपाल र बंगलादेश दुवैले अहिलेसम्म २ खेलबाट १ जित र १ हार प्राप्त गरेका छन्।

नेपाल भारतसँग ७-० ले पराजित भएपनि भुटानलाई २-१ ले हराएको थियो भने बंगलादेशले भुटानलाई ३-१ ले हराएर भारतसँग २-० ले हार हारेको थियो।

 प्रतियोगितामा भारत ६ अंकसहित शीर्ष स्थानमा छ भने बंगलादेश र नेपालको समान ३ अंक भए पनि गोलअन्तरका आधारमा बंगलादेश दोस्रो र नेपाल तेस्रो स्थानमा छन्। आजै भारत र भुटानबीच पनि प्रतिस्पर्धा हुनेछ।
 

भदौ ८, २०८२ आइतबार ०८:४५:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।