पहिरोले अवरुद्ध त्रिभुवन राजपथ खुल्यो

पहिरोले अवरुद्ध त्रिभुवन राजपथ खुल्यो
Filephoto

मकवानपुर : पहिरोले अवरुद्ध भएको त्रिभुवन राजपथ खुलेको छ। 

त्रिभुवन राजपथको हेटौँडा-काठमाडौँ खण्ड अन्तर्गत भिमफेदी गाउँपालिका-१ बाघझोरा नजिक गएराति सुक्खा पहिरो गएर अवरुद्ध बनेको सडक आज सञ्चालनमा आएको छ।

ठूलाठूला डोजरको सहयोगमा पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

यसैगरी हेटौँडा-काठमाडौँ खण्डको कान्तिलोकपथको भिमफेदी गाउँपालिका-८ भर्याङडाँडामा हिजो गएको पहिरोले सडक अवरुद्ध भएकामा आज दिउँसो सो पहिरो पन्छाएपछि यातायातका साधन सञ्चालनमा आएका छन्।

भदौ ७, २०८२ शनिबार १९:३६:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।