अर्घाखाँचीमा बाघले एकै पटक १५ वटा बाख्रा मार्‍यो

अर्घाखाँचीमा बाघले एकै पटक १५ वटा बाख्रा मार्‍यो

बुटवल : अर्घाखाँचीमा बाघले एकै पटक १५ वटा बाख्रा मारेको छ। अर्घाखाँचीको शितगंगा नगरपालिका नं. १३ मुस्यान माझिफाँटमा रहेको हिमालयन बाख्रापालन तथा कृषि फर्मका १५ बाख्रालाई बाघले मारेको हो।

फर्मका सञ्चालक घनश्याम अधिकारीले बाख्रा चराउन जंगल लगिएका ३० वटा बाख्रा मध्ये १५ वटा बाख्रा बाघले मारेको बताए। ‘बाख्रा चराउन जाँदा ३० वटा हराएका थिए। पछि १५ वटा बाख्रा फर्मममा आए। अरु भने आएनन्’ उनले भने।

हराएका मध्ये ७ वटा बाख्रा बिहिबार र २ वटा शुक्रबार बाघले मारेको अवस्थामा भेटिएको उनले बताए। बाँकी ८ वटा अहिलेसम्म नभेटिएकाले बाघले खाएको हुन सक्ने उनले बताए।

स्थानीय देउराली-पारे सामुदायिक वन क्षेत्रमा उक्त बाख्रालाई बाघले मारेको हो। उनकै फर्ममा गएको जेठ महिनामा २५ सय ब्रोइलर कुखुरामध्ये एकै दिन १२ सय कुखुरा मरेका थिए। फेरि बाख्रामा ठूलो क्षति पुगेको उनले बताए।

भदौ ७, २०८२ शनिबार १६:१३:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।