चितवनमा ‘स्क्रब टाइफस’बाट एक महिलाको मृत्यु

चितवन : स्क्रब टाइफसबाट चितवनमा एक महिलाको मृत्यु भएको छ। भरतपुर अस्पतालमा उपचारका क्रममा शनिबार बर्दघाट नगरपालिका-१३ की ३६ वर्षीया महिलाको मृत्यु भएको हो।
अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाका अनुसार यही भदौ ४ गते उनी अस्पतालमा भर्ना भएकी थिइन्। उनी छारे रोगबाट पनि पीडित थिइन्।
यसैबीच, यहाँस्थित जनस्वास्थ्य कार्यालयका प्रमुख दिनेश रुपाखेतीका अनुसार जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ७३ जनामा स्क्रब टाइफस देखिएको छ।
चितवनका ५८ जना यो रोगबाट पीडित छन् । एक हजार ५३० जनाको परीक्षण गरिएकामा ७३ जनामा सङ्क्रमण पुष्टि भएको हो।
भदौ ७, २०८२ शनिबार १४:२३:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।