झापामा करेन्ट लागेर एक युवकको मृत्यु

विर्तामोड : झापाको कनकाइ नगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।
कनकाइ नगरपालिका-१ खहरे खोलामा बस्ने ३७ वर्षीय पङ्कज माझीले बिहान करिब साढे आठ बजे बिजुलीको खम्बाबाट करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लाग्दा ज्यान गुमाएका हुन्।
घटनाबारे जानकारी प्राप्त हुनासाथ अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटिएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (प्रनाउ) विजय श्रेष्ठले जानकारी दिए।
भदौ ७, २०८२ शनिबार १३:५५:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।