रूस र अमेरिकाबीच एलएनजी परियोजनामा सहकार्य हुनसक्छ : पुटिन

रूस र अमेरिकाबीच एलएनजी परियोजनामा सहकार्य हुनसक्छ : पुटिन

एजेन्सी : रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूस र संयुक्त राज्य अमेरिकाबीच तरल प्राकृतिक ग्यास परियोजनामा सहकार्यको सम्भावनाबारे छलफल भइरहेको बताएका छन्।

शुक्रबार उनले उक्त सहकार्य रूसको आर्कटिक क्षेत्रदेखि अमेरिकाको अलास्कासम्म विस्तार हुन सक्ने सङ्केत गरे।

निज्नी नोभगोरोड क्षेत्रको सारोभ सहरमा आणविक वैज्ञानिकहरूसँगको भेटमा पुटिनले ‘नोभाटेक’ जस्ता प्रमुख रूसी एलएनजी उत्पादक कम्पनीहरूले युरोप र एसियाका साझेदारसँग मिलेर काम गरिरहेको उल्लेख गरे।

टास समाचार एजेन्सीका अनुसार पुटिनले भने, ‘हामी अमेरिकी साझेदारहरूसँग पनि यस क्षेत्रमा सहकार्यको सम्भावनाबारे छलफल गरिरहेका छौं। यो हाम्रो आर्कटिक क्षेत्रमा मात्र सीमित नभई अलास्कासम्म पनि हुन सक्छ।’

उनका अनुसार, रूससँग भएको विशेष एलएनजी प्रविधिले अमेरिकी साझेदारहरूको ध्यान आकर्षित गरेको छ।

भदौ ७, २०८२ शनिबार १३:२५:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।