अमेरिकाको तेल कारखानामा भीषण आगलागी, १.६ किलोमिटर क्षेत्र खाली गर्न निर्देशन

अमेरिकाको तेल कारखानामा भीषण आगलागी, १.६ किलोमिटर क्षेत्र खाली गर्न निर्देशन

एजेन्सी : अमेरिकाको लुइसियाना राज्यमा रहेको एक तेल कारखानामा शुक्रबार दिउँसो भीषण आगलागी भएको छ।

स्थानीय स्मिटीज सप्लाई नामक कम्पनीमा भएको उक्त आगलागीपछि विस्फोट समेत भएको थियो।

विस्फोटपछि सम्भावित रासायनिक खतरालाई ध्यानमा राख्दै स्थानीय प्रशासनले कारखानाको १.६ किलोमिटर क्षेत्रभित्रका बासिन्दालाई तत्काल इलाका छाड्न आदेश दिएको छ।

आदेश लगत्तै बालबालिकाहरूलाई बसमार्फत सुरक्षित स्थानमा सारिएको थियो।

अधिकारीहरूका अनुसार घटनामा हालसम्म कुनै मानवीय क्षति भएको छैन। आगलागीको कारण भने अझै खुल्न सकेको छैन र यसबारे अनुसन्धान भइरहेको छ।

लुइसियानाका गभर्नर जेफ ल्यान्ड्रीले सामाजिक सञ्जाल एक्समार्फत सर्वसाधारणलाई प्रशासनको निर्देशन पालना गर्न अपिल गरेका छन्।

घटनाको गम्भीरतालाई हेर्दै अमेरिकी वातावरण संरक्षण एजेन्सी पनि अनुसन्धानमा सामेल भएको छ।

यद्यपि, कम्पनीले यस विषयमा हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।

भदौ ७, २०८२ शनिबार १३:११:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।