फोटोनको चर्चित पिकअप ‘टनल्यान्ड’ अब विद्युतीय अवतारमा, क्याटलको शक्तिशाली ब्याट्रीसहित सार्वजनिक

फोटोनको चर्चित पिकअप ‘टनल्यान्ड’ अब विद्युतीय अवतारमा, क्याटलको शक्तिशाली ब्याट्रीसहित सार्वजनिक

काठमाडौं : लोकप्रिय पिकअप ‘टनल्यान्ड जीसेभेन’ को सफलतापछि फोटोनले नाडा अटो शो २०२५ मा आफ्नो बहुप्रतिक्षित विद्युतीय पिकअप ‘ई-टनल्यान्ड’ सार्वजनिक गरेको छ।

फोटोनको विश्वसनीय मजबुती र विश्वकै अग्रणी ब्याट्री निर्माता क्याटलको अत्याधुनिक प्रविधिको संयोजन रहेको यो पिकअपले नेपाली बजारमा नयाँ तरंग ल्याउने अपेक्षा गरिएको छ।

ई-टनल्यान्डमा विश्वकै सबैभन्दा ठूलो ब्याट्री निर्माता क्याटलको तेस्रो पुस्ताको ८८ किलोवाट-आवर क्षमताको लिक्विड-कुल्ड लिथियम ब्याट्री जडान गरिएको छ। यो प्रविधिले गाडीलाई एक पटकको फुल चार्जमा ३५० किलोमिटर को रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ।

कम्पनीले ब्याट्रीमा ८ वर्ष वा ४ लाख किलोमिटर र मोटरमा ५ वर्ष वा २ लाख किलोमिटर को आकर्षक वारेन्टी दिएको छ, जसले ग्राहकलाई ढुक्क बनाउँछ।

नाडा अटो शोलाई लक्षित गरी यसको विशेष मूल्य रु. ६८,९९,००० तोकिएको छ, जबकि यसको वास्तविक मूल्य रु. ६९,९९,००० रहेको छ।

ई-टनल्यान्डले १३० किलोवाट पावर र ३५० न्यूटन-मिटर टर्क उत्पन्न गर्छ। यसमा ३० प्रतिशतसम्मको उकालो सहजै चढ्ने क्षमता (ग्रेडेबिलिटी) रहेको छ, जसले यसलाई नेपालको पहाडी भू-भागका लागि पनि उपयुक्त बनाउँछ।

२०० मिलिमिटरको ग्राउन्ड क्लियरेन्स, ठूला टायर र १५२०x१५८०x४४० मिलिमिटरको फराकिलो कार्गो बक्सले यसलाई जस्तोसुकै बाटोमा पनि स्थिर र आरामदायी यात्रा प्रदान गर्न सक्षम बनाउँछ।

भदौ ७, २०८२ शनिबार ०९:११:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।