ब्रडवे इन्फोसिसले ताइवानमा पायो डिजिटल प्रतिभा विकास पुरस्कार

काठमाडौं : नेपालको अग्रणी कम्प्युटर तालिम संस्था ब्रडवे इन्फोसिसले विश्वस्तरमा सम्मान प्राप्त गरेको छ। वर्ल्ड इन्नोभेशन, टेक्नोलोजी एण्ड सर्भिसेस एलायन्स ले ब्रडवे इन्फोसिसलाई डिजिटल प्रतिभा विकास पुरस्कार प्रदान गरेको हो। उक्त पुरस्कार समारोह ताइपेई, ताइवानमा सम्पन्न भएको थियो।
यो सम्मानले दक्ष सूचना प्रविधि पेशेवर तयार गर्न संस्थाले खेलेको भूमिकाको उच्च प्रशंसा गरेको छ। ब्रडवे इन्फोसिस १३ वर्गमा प्राप्त १३० उत्कृष्ट प्रस्तावमध्येबाट छनोट हुँदै विजेता बनेको हो।
प्राप्त उपलब्धिलाई संस्थाको मात्र होइन, नेपालकै सूचना प्रविधि क्षेत्रमा भएको प्रगतिका रूपमा लिइएको छ। यसले स्थानीय पहल र संस्थागत लगानीले पनि विश्वव्यापी स्तरमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष पेशेवर उत्पादन गर्न सकिन्छ भन्ने देखाएको आयोजकले बताएका छन्।
साथै, यस उपलब्धिले डिजिटल शिक्षा, सीप विकास र नयाँ प्रविधि अपनाउने क्षेत्रमा नेपाल निरन्तर अघि बढिरहेको स्पष्ट संकेत गरेको छ।
ब्रडवे इन्फोसिसले उच्च गुणस्तरीय र उद्योग-अनुकूल सूचना प्रविधि शिक्षा प्रदान गर्दै आएको छ। संस्थाले नेपालभित्र मात्र नभई अन्तर्राष्ट्रिय बजारसम्म प्रतिस्पर्धी हुने आगामी पुस्ताका डिजिटल पेशेवर उत्पादन गर्ने आफ्नो प्रतिबद्धतालाई अझ मजबुत बनाएको जनाएको छ।
भदौ ६, २०८२ शुक्रबार २०:२१:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।