वर्षकै बेस्ट अफर सहित बिरगञ्जमा ‘टाटा ईभी अटो शो’ आजदेखि सुरू

बिरगञ्ज : वर्षकै ‘बेस्ट अफर’ सहित टाटा ईभी अटो शो आजदेखि बिरगञ्जमा सुरु भएको छ।
टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.ले प्राइम अटो ट्रेडर्सको सहकार्यमा आयोजना गरेको अटो शो अगस्ट २२ देखि २४ सम्म होटल विशुवा, बाइपास रोडमा चल्नेछ। प्रत्येक दिन बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म सर्वसाधारणका लागि खुला रहनेछ।
अटो शोमा टाटा मोटर्सका नवीनतम विद्युतीय मोडलहरू Curvv.ev, Nexon K3.ev, Punch.ev र Tiago.ev प्रदर्शनीमा राखिएका छन् । साथै, ग्राहकका लागि आकर्षक अफरसमेत उपलब्ध छन्। अफरमा फ्री लाइफटाइम डीसी फास्ट चार्जिङ, आकर्षक छुट, उच्चतम एक्सचेन्ज भ्यालुएसन, ३ वर्षसम्म निःशुल्क सर्भिसिङ, निःशुल्क कम्प्रिहेन्सिभ इन्स्योरेन्स, निःशुल्क एसेसोरिज, निःशुल्क वार्षिक सवारी कर, निःशुल्क होम चार्जिङ इन्स्टलेसन र निःशुल्क एम्बोस्ड नम्बर प्लेट जस्ता सुविधा समावेश छन्।
ग्राहकलाई विद्युतीय मोबिलिटीबारे प्रत्यक्ष अनुभव दिनका लागि शोमा फूड स्टल, रमाइलो खेल गतिविधि (फन गेम्स) र विभिन्न मनोरञ्जनात्मक कार्यक्रमको व्यवस्था गरिएको छ, जसले यसलाई केवल प्रदर्शनी मात्र नभई उत्सवको स्वरूप दिने आयोजकले बताएका छन्।
सिप्रदी ट्रेडिङ र प्राइम अटो ट्रेडर्सका अनुसार, अटो शोले बिरगञ्ज र आसपासका ग्राहकलाई टाटा ईभी मोडलहरूबारे विस्तृत जानकारी लिन र विद्युतीय सवारीसाधनको भविष्यबारे नजिकबाट बुझ्न उत्कृष्ट अवसर प्रदान गर्नेछ।
भदौ ६, २०८२ शुक्रबार २०:०७:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।