टप इन्ड टी-२० शृङ्खलामा पाकिस्तान शाहिन्ससँग एक रनले चुक्यो नेपाल

काठमाडौं : अष्ट्रेलियामा जारी टप इन्ड टी-२० शृङ्खलामा नेपाल पाकिस्तान शाहिन्ससँग एक रनले पराजित भएको छ।
टस हारेर पहिले बलिङ गरेको नेपालले पाकिस्तान शाहिन्सले दिएको १ सय ४५ रनको लक्ष्य अन्तिम ओभरसम्म पनि पूरा गर्न सकेन। कप्तान रोहित कुमार पौडेलले ५२ रन बनाए। ब्याटिङमा सम्हालिन नसक्दा नेपाल जितबाट एक रनले चुक्यो।
टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४४ रनको योगफल बनाएको थियो। नेपालका लागि सोमपाल कामी सर्वाधिक सफल रहे। उनले ३ विकेट हात पारे भने नन्दन यादव र दिपेन्द्र सिंह ऐरीले समान २-२ विकेट लिन सफल भए।
पाकिस्तानको सुरुवात निकै खराब रह्यो। एक समय ७४ रनमै ७ विकेट गुमाएर दयनीय अवस्थामा पुगेको टिमलाई पुछारका ब्याट्सम्यानहरूले सम्हाले। अन्तिम ५ ओभरमा ६१ रन जोड्दै पाकिस्तानले मध्यम स्कोर बनाउन सफल भयो।
कप्तान इरफान खानले ४२ रनको महत्वपूर्ण पारी खेले। उनलाई मोहम्मद वसिमले २३ रनको योगदान गरेर साथ दिएका थिए।
भदौ ६, २०८२ शुक्रबार १८:५०:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।