मधेशका मुख्यमन्त्री मलेसिया जाँदै, सरोजकुमारले पाए कार्यवाहकको जिम्मेवारी

मधेशका मुख्यमन्त्री मलेसिया जाँदै, सरोजकुमारले पाए कार्यवाहकको जिम्मेवारी

धनुषा : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह एक साताका लागि आज मलेसिया जाने भएका छन्। 

मलेसियामा उनले त्यहाँ रहेका नेपाली कामदार, विशेषगरी मधेस प्रदेशका नागरिकसँग भेटघाट गर्ने कार्यक्रम रहेको मुख्यमन्त्री सिंहको सचिवालयले जनाएको छ।

मुख्यमन्त्री सिंहले कामदारको अवस्था र समस्याबारे प्रत्यक्ष जानकारी लिनुका साथै विभिन्न कार्यक्रममा सहभागिता जनाउने बताइएको छ। 

सिंहको अनुपस्थितिमा भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिइएको छ। 

भदौ ६, २०८२ शुक्रबार १८:३२:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।